आजदेखि घोडाघोडी साङ्गीतिक उत्सव सुरु

आजदेखि घोडाघोडी साङ्गीतिक उत्सव सुरु

धनगढी। घोडाघोडी ताल क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको घोडाघोडी साङ्गीतिक उत्सव आजदेखि सुरु हुने भएको छ ।

साङ्गीतिक उत्सवको सबै तयारी पुरा भइसकेको छ । आज १२ बजे घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले उत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक आभास सञ्चार कम्पनीका प्रबन्ध निर्देशक प्रकाश मिश्रले जानकारी दिए ।

आजबाट सुरु हुने साङ्गीतिक उत्सव १० गते सम्म जारी रहने छ । 

आज टंक तिमिल्सेना लगायतको प्रस्तुति रहने छ भने भोली एनिना चौहान लगायत कलाकारहरूको प्रस्तुति रहने छ । ९ गते घोडाघोडीमै पहिलो पटक पल शाह आउने र १० गते पुष्प खड्का आउने कार्यक्रम रहेको मिश्रले जानकारी दिए ।

४० हजार दर्शकले साङ्गीतिक उत्सवमा सहभागी हुने अपेक्षा गरिएको मिश्रले बताए ।