जहाँ छ लामखुट्टे कारखाना

जहाँ छ लामखुट्टे कारखाना

काठमाडौं । विश्व उष्णीकरणका लागि संसारमा लामखुट्टेको संख्यामा तीव्र बढोत्तरी भैरहेको छ । जसका कारण लामखुट्टेबाट सर्ने विभिन्न खालका रोगब्याधीहरुमा पनि वृद्धि भैरहेको छ । यसबाट बँच्नका लागि संसारभर विभिन्न उपायहरु अपनाउन प्रयत्न भैरहेका छन् । लामखुट्टे नियन्त्रण गरी डेंगु, मलेरिया लगायतका रोगबाट बँच्नका लागि कतिपय मुलुकहरुले चालेका कदम चाहिँ निकै अनौठा छन् ।

आगामी एक दशकभित्रमा ब्राजिलका विभिन्न सहरहरुमा जैविक तथा आनुवांशिक रुपमा परिवर्तन गरिएका लामखुट्टेहरुलाई वातावरणमा छाड्ने घोषणा गरेको छ । ब्राजिलका यसबाट ७ करोड भन्दा धेरै मानिसहरुलाई डेंगुजस्ता लामखुट्टेले सार्ने रोगहरुबाट सुरक्षित बनाउन सकिने विश्वास डब्लुएमपीको छ ।

शोधकर्ताहरुले अष्ट्रेलिया, ब्राजील, कोलम्बिया, इण्डोनेसिया तथा भियतनाम जस्ता देशहरुका केही निश्चित सहरहरुमा छाडिने लामखुट्टेको परीक्षण गरेका छन् । जैविक रुपमा परिमार्जित ती लामखुट्टेलाई ध्यदिबअजष्ब दबअतभचष्गm बाट संक्रमित गराइन्छ जसले ती लामखुट्टेले डेंगुको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिनबाट रोक्नेछ ।

यसका लागि ब्राजिलमा एउटा कारखाना नै निर्माण गरिनेछ । कारखाना आगामी वर्ष सन् २०२४ देखि सञ्चालनमा आउनेछ । यो कारखानाले बर्सेनि ५ अर्ब परिमार्जित लामखुट्टेको उत्पादन गर्ने लक्ष्य राखेको नेचर जर्नलमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

मोनास विश्वविद्यालयका सुक्ष्म जीव वैज्ञानिक तथा ध्ःए का प्रमुख स्कट ओनिलका अनुसार सो कारखाना ध्यदिबअजष्ब ब्याक्टेरियाबाट संक्रमित लामखुट्टेको उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो कारखाना हुनेछ । यसले छोटो समयमै धेरै मानिसलाई समेट्न सक्ने उनको भनाइ छ ।

स्मरण रहोस् ब्राजिल विश्वमै डेंगु संक्रमणको दर सर्वाधिक रहेको मुलुक हो । सन् २०२२ मा मात्रै ब्राजिलमा २० लाख जनालाई डेंगु संक्रमण भएको थियो ।