आजको मौसम : सुदूरपश्चिम प्रदेशमा वर्षा

आजको मौसम : सुदूरपश्चिम प्रदेशमा वर्षा

धनगढी । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा वर्षा भइरहेको छ। 

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा देशका बाँकी  भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्का तथा क्षणिक वर्षाको  सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

शुक्रबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।