मासु पसलमा आगलागी

मासु पसलमा आगलागी

काठमाडौँ । काठमाडौँको टोखामा ग्यास लिक हुँदा मासु पसलमा आगलागी भएको छ । शुक्रबार टोखा नगरपालिकाको मिलनटोलमा ग्यास लिक हुँदा आगलागी भएको हो । 

आगलागी नियन्त्रण गर्न नगरपालिकाको दमकल गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठूलो आगलागी भएको छ । आगलागी नजिकको पसमा पनि फैलिएको प्रहरीले जनाएको छ ।