डडेल्धुराका ३ किसान सम्मानित

डडेल्धुराका ३ किसान सम्मानित

डडेल्धुरा । डडेल्धुराका ३ किसान भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन । आइतबार जिल्ला सदरमुकाममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय डोटीले एक कार्यक्रमको आयोजना गरि ३ जना किसानलाई जिल्ला स्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ द्वारा सम्मानित भएका हुन ।

‘भीमदत्त उत्कृष्ट पुरस्कार’ बाट सम्मानित हुने किसानमा अमरगढी नगरपालिकका प्रिन्स अवस्थी, गन्यापधुरा गाउँपालिकाका प्रसाददत्त अवस्थी र आलिताल गाउँपालिकाका लालबहादुर डाला रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कृषि अधिकृत तारीसिंह ठकुराठीले जानकारी दिए ।

उनीहरुलाई प्रमाणपत्रसहित जनही २५ हजार नगद पुरस्कारले पुरस्कृत गरिएको उनले बताए । प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नै यसपटक डडेल्धुराका ३ जना किसानलाई पुरस्कृत गरिएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।