ट्वीटर असफल हुन थालेको हो ?

ट्वीटर असफल हुन थालेको हो ?

काठमाडौं । एलन मस्कले पहिलोपटक सार्वजनिक रुपमा ट्वीटर किन्ने इच्छा जाहेर गरेको पनि झण्डै एक वर्ष भएको छ ।

त्यो दिन मेरो यो जागिरको पहिलो दिन थियो । त्यसयता के ट्वीटर असफल हुन थालेको हो ? भनेर मलाई धेरैपटक सोधियो र मैले त्यस्तो होइन भनेर सधैं भन्ने गरेको छु । तर अहिले भने म धेरै कारणले गर्दा ढुुक्क छैन ।

एउटा नयाँ ट्वीटर

पूर्णतर्या नयाँ ट्वीटरको सुरुवातको यो समयमा हामीले के देखिरहेका छौं रु अहिले ट्वीटर अकाउन्टमा तपाईंले जुन निलो टिक देख्नुहुन्छ, त्यो भनेको कुनै अकाउन्टहरु वास्तविक छन् भनेर ट्वीटरले प्रमाणित गरेका अकाउन्ट होइनन् । ती अकाउन्टहरुले मासिक रुपमा शुल्क तिरेर त्यो चिह्न पाएका हुन् ।

हुनत भेरिफिकेसन ब्याज पाउनका लागि रकम भुक्तान गर्ने बेलामा समेत प्रमाणीकरणको प्रक्रिया नहुने होइन, तथापि धेरै नक्कली अकाउन्टहरुले समेत पैसा तिरेर निलो टिको प्राप्त गरेका धेरै उदाहरण छन् ।

यो महिनाको सुरुवाततिर व्यक्तिगत वित्तीय विज्ञ मार्टिन लिविसले आफ्नो नाउँमा खोलिएको एउटा भेरिफाइड अकाउन्ट देखे जसले हजारौं फलोअर्समा क्रिप्टोकरेन्सीको ठगीलाई प्रवद्र्धन गरिरहेको थियो । आफ्नै नामको भेरिफाइड अकाउन्ट उनले खोलेका हैनन्, अरु कसैले चलाएको नक्कली अकाउन्ट हो ।

अहिले धेरैको रोजाइमा पर्ने भन्दा पनि पैसा तिर्नेहरु ट्वीटर प्लाटफर्ममा धेरै देखिन पाउँछन् । यसबाट भविष्यमा ट्वीटरमा कस्तो भिड हुनेछ भन्ने अनुमान गर्न सकिन्छ ।

ट्वीटरले कुनै तथ्यांक सार्वजनिक नगरेको भए पनि एकजना शोधकर्ता विश्लेषकका अनुसार ट्वीटरका कुल ३० करोड प्रयोगकर्तामध्ये सशुल्क सब्सक्रिप्सनवाला प्रयोगकर्ताको संख्या निकै कम छ ।

रहेन समतामूलक प्लाटफर्म

पूरानो संरचनामा महत्वपूर्ण रहेको कुरा अनुसार नै निर्णय गर्नु उपयुक्त हुन्छ भनेर आफूले विश्वास नगर्ने मस्क बताउँछन् । सायद उनको यो तर्क बलियो पनि हुनसक्छ । तर एलन मस्ककै जानकारीमा कतिपयलाई निशुल्क रुपमा ब्लु टिक प्रदान गरिएको छ । अनुसन्धान प्लाटफर्म बिलिङक्याटले पनि निशुल्क रुपमा आफ्नो ट्वीटर अकाउन्टमा ब्लू ब्याज पाएको छ ।

साथै स्टेफेन किङ्ग, ली ब्रोन जेम्स तथा विलियम स्याटनर जस्ता ट्वीटर ब्लू सब्सक्रिप्सनका आलोचक व्यक्तिहरुको ट्वीटरको सब्सक्रिप्सन शुल्क आफैंले तिरिदिएको मस्कले दाबी गरेका छन् ।

ट्वीटरका अनुसार मासिक विज्ञापनमा १ हजार डलर पनि खर्च नगरेका वा ब्लू सब्सक्रिप्सन खरीद नगर्ने कम्पनीहरुले अब ट्वीटरमा विज्ञापन गर्न सक्नेछैनन् । यो भनेको साना व्यवसायका लागि गरिएको एउटा परिवर्तनको उदाहरण हो ।

यसले ट्वीटरको समग्र डिजिटल विज्ञापन आम्दानीमा असर पार्ने देखिन्छ ।

यी सबै तथ्यले के देखाउँछ भने वाक स्वतन्त्रताका कथित मसिहा भनिने एलन मस्कको नेतृत्वमा ट्वीटर अन्ततः सबैले समान हैसियत प्राप्त गर्नसक्ने प्लाटफर्मको रुपमा रहन सकेन ।

निलो टिको गायब

मानिसहरु सामान्यतया कुनै पनि समुदाय छाड्न चाहँदैनन् र ट्वीटर तुलनात्मक रुपमा सानै र अव्यवस्थित रहे पनि प्रभावशाली मानिँदै आएको छ ।