साथीले बोकेको बन्दुकको छर्दा लागेर एक जनाको मृत्यु

साथीले बोकेको बन्दुकको छर्दा लागेर एक जनाको मृत्यु

नुवाकोट ।  साथीले बोकेको बन्दा पड्कँदा एकजनाको मृत्यु भएको छ ।

नुवाकोटको किम्ताङ जंगलमा साथीले बोकेको भरुवा बन्दुक पड्केर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउँपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो ।

उनका अनुसार अनुसार किम्ताङको जंगलमा सिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यद्यपि, घटना शंकास्पद भएको भन्दै अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।