जोर्डनका सांसद इजरायलमा पक्राउ

जोर्डनका सांसद इजरायलमा पक्राउ

धनगढी । इजरायलले हतियार तस्करीको आरोपमा जोर्डनका सांसदलाई पक्राउ गरेको छ । इजरायलले जोर्डनका सांसद इमाद ओडवानलाई गोप्यरूपमा वेस्ट बैङ्कमा हतियार र सुन पुर्‍याएको आरोपमा पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा आएका रिपोर्टअनुसार इजरायली अधिकारीहरूले वेस्ट बैङ्क नजिकैको किङ हुसेन ब्रिज बोर्डर क्रसिङसम्म हतियार र सुन तस्करी गर्ने प्रयासलाई विफल पारेका छन् । यी हतियार र सुन एउटा कारमा भेटिएको बीबीसी हिन्दीले जनाएको छ । यो कार जोर्डनका सांसदको थियो ।

सांसद ओडवान हतियार र सुनसहित पक्राउ परेको विषयमा जोर्डन सरकारलाई जानकारी गराइएको छ । जोर्डनका अर्का सांसद आन्द्रे हवारीले भने आफ्ना सहकर्मीले प्यालेस्टिनी प्रतिरोधका लागि हतियार उपलब्ध गराएको भन्दै आफ्नो सहकर्मीको कामको प्रशंसा गर्नुभएको बीबीसी हिन्दीले जानएको छ ।