अनुहारमा बरफ लगाउँदा हुन सक्छ नोक्सान

अनुहारमा बरफ लगाउँदा हुन सक्छ नोक्सान

एजेन्सी। सुन्दरताका लागि विभिन्न प्रयोगहरू भइरहेका हुन्छन् । जसमा कतिपयले बरफले मुख धुने वा बरफमा मुख डुबाउने पनि गर्छन् । यसका केही फाइदा छन् भने केही बेफाइदा पनि छन् ।

महिलाहरूले अनुहारमा चमक ल्याउनका लागि घरमै आइस फेसियल वा बरफले अनुहार सफा गर्ने गरिरहेका हुन्छन् । तर कतिपय अवस्था यो नोक्सानदायक पनि हुन सक्छ । आउनुहोस् जानौं यहाँ बरफ अनुहारमा लगाउँदा हुने बेफाइदाहरू :

– यदि, तपाईंको छाला एकदमै संवेदनशील छ भने बरफ नलगाएको राम्रो हुन्छ । किनकि, यसले तपाईंको छालाका कोशिकाहररूलाई मार्न सक्छ वा नोक्सान पुर्‍याउन सक्छ।

– यदि, तपाईं धेरै लामो समय बरफ अनुहारमा लगाउनुहुन्छ भने पनि त्यसो गर्नु हानिकारक छ । किनकि, धेरै लामो समय चिसो बनाइराख्दा छाला सुख्खा हुने समस्या निम्तिन्छ।

– त्यस्तै, बर्फले धेरै लामो समय अनुहार चिसो बनाइराख्दा छालाका सेल्सहरू ड्यामेज पनि हुन सक्छन् । जसले गर्दा कालो दाग बन्ने वा छाला एकदमै नराम्रो हुन्छ।

– अनुहारमा बरफ लगाउँदा अस्थायी रूपमा त केही फाइदा देखिएला तर यस्तो नियमित गर्ने गरेमा पछि गएर छालामा चाउरीपन आउने, दागधब्बाहरू बन्ने जस्ता समस्या देखिन्छन् ।

– यदि, तपाईंलाई साइनेस वा माइग्रेनको समस्या छ भने अनुहारमा बरफ भुलेर पनि नलगाउनुहोला । किनकि, यसले दुखाइ अझ बढ्न सक्छ।