भिमदत्त उत्कृष्ट पुरस्कार दार्चुलाका पाललाई

भिमदत्त उत्कृष्ट पुरस्कार दार्चुलाका पाललाई

दार्चुला । जिल्लाका मेहनति १ जना कृषकलाई भिमदत्त उत्कृष्ट पुरस्कार वितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र दार्चुलाको समन्वयमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले दार्चुलाका १ जना कृषकलाई जनही २५ हजार नगद सहित भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको हो ।

जिल्लामा कृषि पेशालाई नै मुख्य आधार बनाएर जिविकोपार्जन गरीरहेका महाकाली नगरपालिका वडा नम्वर ६ का निसिलका कृषक मिन बहादुर पाल लाई २०७९/८० अन्तरगतको भिमदत्त उत्कृष्ट पुरस्कार प्रदान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारले यो दोस्रो पटक दार्चुलाका कृषकहरुलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको कृषि ज्ञान केन्द्र प्रमुख पन्तले वताए ।

पहिलो बर्ष गत आर्थिक बर्षमा दार्चुलाका ३ जना कृषकहरुलाई पुरस्कार वितरण गरिएकोमा यस बर्षको पुरस्कार पाललाई मात्र वितरण गरिएको हो । अन्य कृषकहरु न्युनतम मापदण्ड भित्र नपरेकाले छनोटमा नपरेको कार्यालय प्रमुख पन्तले वताए । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाका कृषकहरुलाई कृषि पेशामा उत्पेरणा जगाउने गरी यो दोस्रोपटक भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गरेकोले जिल्लाका कृषकहरुको सम्मान भएको कृषि ज्ञान केन्द्र प्रमुख पन्तले वताए ।

कार्यालयले व्यवसायीक रुपमा कृषि खेति गर्न चाहाने कृषकहरुका लागि यो पुरस्कारले थप हौसला प्रदान गर्ने आशा व्यक्त गरेको छ । भिमदत्त उत्कृष्ट कृषक पुरस्कार ग्रहण गर्दै कृषक पालले आगामी दिनहरुमा पनि कृषि पेशामा नै आत्मनिर्भर बन्न हौसला प्रदान भएको बताएका छन् । २०४२ साल देखी सुन्तला लगायत विभिन्न कृषि उपज उत्पादन गरिरहेको पालले वताए ।

कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकास कुमार पन्तको अध्यक्षतामा राखिएको भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति लदार्चुलाका प्रमुख महादेव बडू (कश्यप) प्रमुख अतिथि रहेका थिए ।