अनुहारको पिम्पल हटाउने उपायहरु

अनुहारको पिम्पल हटाउने उपायहरु

काठमाडौँ । डन्डिफोर छालासँग सम्बन्धित समस्या हो।उमेर बढेसँगै हर्मन चलायमान र वृद्धि हुन्छ। मानिसमा हर्मनको क्रियाकलाप बढ्दा शिवासिया ग्रन्थि पनि बढ्छ। यसले डन्डिफोर देखिन्छ । यो ग्रन्थीको कारण बढेको डन्डिफोर उमेर बढ्दै गएपछि कम हुन्छ।

किशोरावस्थामा यो समस्या देखिन्छ। यो रोग छालाको ग्रन्थीमा तैलिय पदार्थ जम्मा हुने हुदा देखिन्छ्र । चिकित्सा तथ्यपत्रअनुसार डन्डिफोर हुनुको वास्तविक कारण हालसम्म थाहा पाउन सकिएको छैन, तर केही मामिलामा एन्ड्रोजन हार्मोनको कारणले यो हुने गरेको छ।
यस्तो समस्या २५ वर्षपछि आफै कम हुने गरेको भए पनि डन्डिफोर आउँदा उपचार नगराएर दाग र खाल्डो बसेकाहरूको संख्या धेरै छ । यसमा खुल्ला वा बन्द पिम्पल, पिप भरिएको बिमिरा, रातो क्षेत्र, बिमिरायुक्त घाउ सामान्यतः अनुहार पिठिऊँ र छातीमा हुन्छ।

डन्डिफोरले समय बितेपछि खाल्डोसँगै दागसमेत छोड्ने गर्छ। पुरुषको छाला महिलाको दाँजोमा बढी तैलीय हुने गरेको छ। युवतीमा महिनावारीभन्दा अघि यसको स्थिति अझ नराम्रो हुन सक्छ। डन्डिफोरको दाग नबस्ने प्रविधिसमेत रहेकाले न आँत्तिई उपचार प्रक्रियामा जानुपर्दछ । 

डन्डिफोर चार प्रकारका छन् :

एक्ने बल्गैरिस सामान्य डन्डिफोरमा अनुहारमा ब्लैक हेडस्, ह्वाइट हेडस्, नोडुक्स र पिप भरेको ठूलो दाना निस्किन्छ।
 यस्तै एक्ने रोजैकियामा गाला, निधार, नाक, चिउडोमा रातो दाग देखिन्छ। यो दागपछि अनुहारमा खाडल बन्छ ।
एक्ने बल्गैरिसको बिग्रिएको रूप हो । यसमा डन्डिफोर ठूलो ठूलो घाउमा परिवर्तित हुन्छ र पछि कालो दाग छोड्छ।
एक्ने फल्मी नैन्सले भने युवालाई मात्र प्रभावित गर्ने गर्छ। यो एक्ने कांगलोबाटाजस्तै भए पनि अल्सरजस्तै हुन्छ।
डन्डीफोरको घरेलु उपचारविधि

डन्डिफोरको घाउलाई हातले छुनुहुँदैन। हातले छुँदा संक्रमणको सम्भावना हुन्छ। अनुहारलाई सधंै सफा राख्नुपर्छ। सौन्दर्य प्रसाधनको उपयोग गर्दासमेत सतर्क रहनुपर्छ। कहिलेकाहीँ कुनै प्रकारको खानाले समेत डन्डिफोरको स्थिति विगार्न सक्छ। जस्तैः आइसक्रिम, चकलेट, पिजा, बर्गरजस्ता उच्च क्यालोरीयुक्त आहार।डन्डिफोरबाट बच्न औषधियुक्त साबुन, क्लिन्जर वा लोसनको उपयोग दिनमा दुईपटक गर्नुपर्छ। राति सुत्दा अनुहारलाई सफा गरेर सुत्नुपर्छ। सधैं तेलरहित क्रिमको उपयोग गर्नुपर्छ। छाला रोग विशेषज्ञको सल्लाहमा एन्टिएक्ने लोसनको समेत उपयोग गर्न सकिन्छ।

अनुहारमा रातभरि मोइस्चराइजर लगाएर राख्नुहुन्न। डन्डिफोरको पिप बगाउनु हुन्न, नङले कोट्याउनुहुन्न। यसो गर्दा डन्डिफोरको दाग बस्न सक्छ।

 फोहोर टावेल र सिरानको खोलले सङ्क्रमण फैलेर एक्नेरडन्डिफोरको कारण बन्छ।महिलाहरूले मेकअप लगाएरै सुत्नुहुन्न भने कस्मेटिक ब्रसलाई समेत सफा र सङ्क्रमण मुक्त राख्नुपर्छ।डन्डिफोर एक्नेको समस्या भएकाहरूले तैलीय खानाबाट बच्नुपर्ने हुन्छ र हरियो सागसब्जी, फल सलादको सेवन बढी मात्रामा गर्नुपर्छ। यसबाट बाँच्न पानीको सेवनसमेत शरीरलाई आवश्यक भएसम्म प्रशस्त मात्रामा पानी र सफा पानी को प्रयोग गर्नुपर्छ।