डोटीमा भिरबाट लडेर गर्भवतीको मृत्यु

डोटीमा भिरबाट लडेर गर्भवतीको मृत्यु

डोटी । डोटीमा भिरबाट लडेर गर्भवतीको मृत्यु भएको छ। जोरायल गाउँपालिका– १ तुसेकी २१ वर्षीया अनिता मल्लको  मृत्यु भएको हो ।

प्रहरी चौकी गैराका अनुसार २१ वर्षीया अनिता मंगलबार स्याउला ल्याउन भन्दै घरबाट जाल बोकेर गाउँ नजिकैको जंगलमा गएकी थिइन्। खाना खाने समयमा पनि घर नफर्केपछि परिवार र छिमेकीले उनको खोजी सुरु गरेका थिए।

खोजीका क्रममा स्याउला संकलन गर्न गएको जंगलमा भिरबाट लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोजतलास गर्दा अनिता एउटा खोल्सीमा मृत फेला परेकी हुन् ।