सडकमै टाँसिए प्रदर्शनकारी

सडकमै टाँसिए प्रदर्शनकारी

काठमाडौं । जर्मनीमा लामो समयदेखि ठूलो संख्यामा नागिरिकहरुले विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले लगातार विरोध प्रदर्शनका लागि अनेक खालका फरक तरिकाहरु अपनाइरहेका छन् ।

हालै प्रदर्शनकारीहरुले जुन तरिका अपनाए त्यसले केवल जर्मन सरकारलाई मात्र होइन सडकमा हिँड्ने मानिसलाई समेत अचम्मित र हैरान बनायो । प्रदर्शनकारीहरुको उक्त शैलीका कारण राजधानी बर्लिनका केही सडकहरु पूर्णरुपमा अबरुद्ध भए ।

वास्तवमा जर्मनीमा जलवायु परिवर्तनका विषयमा अनेक प्रकारका आन्दोलन तथा प्रदर्शनहरु देख्न पाइन्छ । त्यहीँ मेलोमा पछिल्लोपटक प्रदर्शनकारीहरुले नितान्त नयाँ शैली अपनाए । उनीहरुले आफ्ना हातमा सुपर ग्लू लगाए र त्यो हातलाई सडकमा टाँसे । यस्तोमा पुलिस आएर समेत उनीहरुलाई उठाउन सक्ने अवस्था रहेन । किनकी उनीहरुको हात सुपर ग्लूले सडकमा टाँसिएको थियो ।

यो सुपर ग्लु आन्दोलनका तस्वीर सामाजिक सञ्जालमा समेत चर्चित बनिरहेका छन् । जसमा प्रदर्शनकारीहरुलाई प्रहरी आएर उठाउदा खोज्दा नसकेको र उनीहरुका हात सडकमै टाँसिएको देखिन्छ ।

जलवायु परिवर्तनका विषयमा विश्वको ध्यानाकर्षण गर्नका लागि उनीहरुले यस्तो खालको प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ठूलो संख्यामा जलवायु अभियानकर्मी तथा सर्वसाधराण समेत सहभागी भएका थिए । जसमध्ये अधिकांश लास्ट जेनेरेसन नामक समूहका सदस्य छन् ।