मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । 

बिहीवार राति ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

मोटरसाइकल चालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । घाइते को चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।