फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु

फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु

रौतहट ।  वीरगंज-कलैया सडकखण्डमा रड बोकेको ट्र्याक्टरको पछाडि ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ।

वीरगन्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गए राति मोटरसाइकल ठोक्किँदा सवारी चालक सैनिक जवानको मृत्यु भएको हो।

चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका-१६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चौक नजिकै करिब ९ बजे ठोक्किएको थियो। 

उनी चितवनस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत रहेको खुल्न आएको छ। सो घटना पछि मृतकलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल, कलैया पठाइएको तथा ट्याक्टर चालक रौतहट देवाहि गोनाही-६ टिकुलियाका ३० वर्षिय रमेश तिवारीलाई नियन्त्रणमा लिइएको छ।