धनगढीमा ३ दिने रेडियो प्राविधिकहरुको क्षमता विकास तालिम सुरु

धनगढीमा ३ दिने रेडियो प्राविधिकहरुको क्षमता विकास तालिम सुरु

धनगढी ।  धनगढीमा ३ दिने रेडियोमा कार्यरत प्राविधिकहरुको क्षमता विकास तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा आज ( शुक्रवार) देखि तालिम सुरु भएको हो ।

तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो प्राविधिकहरुको सहभागिता रहेको छ । 

पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको तालिमको उद्घाटन शत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकाल प्रमुख अतिथि रहेका थिए ।तालिमको मुख्य प्रशिक्षकका रुपमा बसन्त श्रेष्ठ रहेका छन ।