आज राति १२ बजेदेखि संसद्‍को हिउँदे अधिवेशन अन्त्य

आज राति १२ बजेदेखि संसद्‍को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं। प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि विदेशमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए।

कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु।’