६०० बच्चाका बाउ जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध

६०० बच्चाका बाउ जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध

काठमाण्डौँ । नेदरल्याण्ड्समा शुक्रबार अदालतले एउटा अनौठो फैसला सुनाएको छ । अदालतले त्यहाँ एकजना शुक्रकिटदाता विरुद्ध आदेश जारी गर्दै उनलाई अब थप बच्चाको बाउ बन्नमा रोक लगाएको छ ।

४१ वर्षका जोनाथन मिजर नामका ती शुक्रकिटदाता पुरुष हालसम्म ५ सयदेखि ६ सय जना बच्चाको बाउ बनिसकेका थिए ।

तर अदालतको आदेशपछि जोनाथनले थप शुक्रकिट दान गर्न सक्नेछैनन् । यदि अदालतको आदेश उल्लंघन गरेमा उनीमाथि एक लाख १० हजार डलर जरिवाना हुनेछ ।

जोनाथनको शुक्रकिटबाट विश्वभर गरी करीब ६ सय बच्चा जन्मिसकेका छन् । उनी ती सबै बच्चाका जैविक पिता हुन् । अब अदालतले उनीमाथि थप बच्चाको पिता बन्नबाट रोक लगाएको छ ।

मिजरले दान गरेको शुक्रकिटबाट पैदा भएका बच्चाहरुको गोपनीयताको अधिकार हनन् भैरहेको दाबी गरिएको थियो । किनकि यदि मिजरको शुक्रकिटबाट जन्मिएका केटा र केटीहरुको बीचमा एक आपसमा रोमान्टिक सम्बन्ध कायम भएमा त्यो हाडनाता करणीको श्रेणीमा पर्नेछ ।

उनले अब थप वीर्यदान गर्न त सक्ने छैनन् नै पहिले दान गरेको वीर्य पनि नष्ट गर्नुपर्नेछ । आफूले पहिले दान गरेको शुक्रकिट यदि कुनै शुक्रकिट बैंक वा क्लिनिकहरूमा मौज्दात रहेमा त्यसलाई नष्ट गर्नका लागि लिखित रुपमा निवेदन दिन पनि अदालतले जोनाथनको नाममा आदेश दिएको छ । तथापि यदि उनको शुक्रकिटलाई कुनै दम्पतीले पहिले नै बुकिंग गरिसकेको भएचाहिं त्यो लैजान पाउनेछन् ।

जोनाथन मिजरको जिवन तथा शुक्रकिट दानको सिलसिला सामान्य रुपमै चलिरहेको थियो । तर जब एउटा नागरिक संस्थाले उनीविरुद्ध अदालतमा मुद्दा हाल्यो तब परिस्थिति बदलियो ।

अदालतमा दायर गरिएको मुद्दामा मिजरले दान गरेको शुक्रकिटबाट पैदा भएका बच्चाहरुको गोपनीयताको अधिकार हनन् भैरहेको दाबी गरिएको थियो । किनकि यदि मिजरको शुक्रकिटबाट जन्मिएका केटा र केटीहरुको बीचमा एक आपसमा रोमान्टिक सम्बन्ध कायम भएमा त्यो हाडनाता करणीको श्रेणीमा पर्नेछ । त्यस्तो यौन सम्बन्ध तथा प्रजनन इनसेस्ट वा इनब्रिडिंगको प्रक्रिया हुनेछ, जुन पूरै मानवताका लागि नै खतरनाक हुने पनि अदालती निवेदनमा दाबी गरिएको थियो ।