विद्यालयमा जथाभाबी गोली चल्दा ८ बालबालिकासहित ९ जनाको मृत्यु

विद्यालयमा जथाभाबी गोली चल्दा ८ बालबालिकासहित ९ जनाको मृत्यु

काठमाण्डौँ । सर्बियाको राजधानी बेलग्रेडमा रहेको एक प्राथमिक विद्यालयमा जथाभाबी गोली चल्दा आठ बालबालिकासहित नौ जनाको मृत्यु भइको छ ।

बुधवार बिहान विद्यालय समय सुरु हुनेबित्तिकै एक जना १४ वर्षका किशोरले जथाभाबी गोली चलाएको बीबीसीले जनाएको छ ।

आक्रमणमा विद्यालयका सुरक्षा गार्डको पनि ज्यान गएको छ । सुरक्षा गार्डले आक्रमणकारीबाट थप बालबालिकाको ज्यान जोगाउनका लागि आफैँलाई गोली थापेका र अन्तिममा ज्यान गुमाएका खबरमा उल्लेख छ ।

जथाभाबी गोली चलाउने किशोर ७ कक्षामा पढ्ने विद्यार्थी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनापछि सर्बिया शोकमा डुबेको छ । देशका कुनै पनि विद्यालय र कलेज खुलेका छैनन् । सर्बिया निकै शान्त राष्ट्र मानिन्छ जहाँ गोली काण्ड दुर्लभमात्रै हुने गरेका छन् ।