धनगढीमा पैरवी समूहका सदस्यहरुलाई पैरवी तथा अपांगता अधिकारबारे दुई दिने अभिमुखीकरण सम्पन्न

धनगढीमा पैरवी समूहका सदस्यहरुलाई पैरवी तथा अपांगता अधिकारबारे दुई दिने अभिमुखीकरण सम्पन्न

धनगढी । धनगढीमा पैरवी समूहका सदस्यहरुलाई पैरवी तथा अपांगता अधिकारबारे दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कोशिश (राष्ट्रिय मानशिक स्वास्थ्य स्वावलम्बन संगठन) को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
फेल्म नेपालको आर्थिक सहयोगमा कोशिश, राष्ट्रिय  मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनद्वारा संचालित परियोजना अन्तर्गत उक्त कार्यक्रमहरु गरिदै आएका छन् । 
परियोजना कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका र सुदूरपश्चिम प्रदेशमा धनगढी उप-महानगरपालिकाका सबै वडा मा संचालित छ । परियोजनाको अवधि जनवरी २०२२ देखि डिसेम्बर २०२५ सम्म रहेको छ । 
यसका साथै परियोजना अविधभरमा परियोजनाको कार्यक्षेत्र भित्र रहेका मनोसामाजिक अपांगतामा रहेका व्यक्तिको जीवन स्तरमा सुधार गर्ने कार्यक्रमहरु संचालन गर्दै आएको छ ।  
त्यस्तै, प्रदेश सरकार र स्थानीय सरकार संग नियमित पैरवी कार्यक्रम मार्फत अपांगता सम्बन्धि विभेदकारी कानुन संशोधन तथा नयाबन्ने कानुनलाई अपांगमैत्री बनाउनका लागि निरन्तर छलफल गर्दै आएको छ भने कोशिशले गाउँ समाजमा रहेका मानसिक स्वास्थ्य सम्बन्धि कुनै समस्या भएका व्यक्तिहरु लाई टोल फ्रि नं १६६००१२२३२२ मार्फत निशुल्क मानोविमर्श सेवा समेत प्रदान गर्दै आईरहेको छ । 
यसै प्रयासको निरन्तरता स्वरुप धनगढीमा सञ्चालित पैरवी समूहका सदस्यहरुलाई पैरवी तथा अपांगता अधिकारबारे दुई दिने अभिमुखीकरण कार्यक्रमको पहिलो दिन संस्थाका कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटाको अध्यक्षता र कोशीशका परियोजना संयोजक रविलोचन पौडेल, कोशीशकै परियोजना अधिकृत खडक राम ओड, मनोविमर्श कर्ता पशुपति खाती लगायतका अन्य पैरवी समूहका सदस्यहरु सहभागीता रहेको थियो । 
यस्तै, कार्यक्रको पहिलो दिन अपांगता अवधारणा र जीवनमा भोगीरहेका समस्याहरु बारे अनुभव आदान प्रदान, अपांगता सम्बन्धी छलफल मनोसामाजिक अपांगता सम्बन्धी छलफल र भिडियो डकुमेन्ट्री प्रस्तुत, अपांगता अधिकार सम्बन्धी मानव अधिकार आयोगमा उजुरी प्रक्रिया र ती समस्या सामाधानका लागि घर परिवार र समाजले के र कसरी सहयोेग गरोस भन्ने अपेक्षा हुन्छ भन्नेमा छलफल  गरिएको थियो । 
यस्तै, कार्यक्रमको दोस्रो दिन पनि पैरवी समूहका सदस्यहरुलाई कोशीका विभिन्न प्रतिनिधीहरु ले पहिलो दिनको समिक्षा सहित अपांगता अधिकार सम्बन्धी कानुनी प्रावधान युएनसिआरपीडि का प्रावधान बारे प्रशिक्षण तथा छलफल गरिएको थियो । 
त्यस्तै, कार्यक्रममा कैलाली जिल्लाका स्वास्थ्य कार्यलय प्रमुख लालबहादुर धामीले मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिले सहजरुपमा निशुःल्क औषधी कसरी प्राप्त गर्न सक्छ, समुदायमा सौहार्द वातावरण सिर्जना गरिनुपर्ने र प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश मन्त्रालयका नीतिमा मानसिक स्वास्थ्य प्राथमिकतामा पारिनु पर्ने लगायताका विषयहरुमा जोड दिए । 
यसैगरी, धनगढी उप-महानगरपालिकाका महिला विकास अधिकृत पंकजा जोशीले अपांगता भएका व्यक्तिले परिचयपत्र प्राप्त गर्ने  प्रक्रिया सम्बन्धी छलफल तथा जानकारी गराएकी थिईन् । 
भने कार्यक्रममा सहभागी पैरवी समूहका सदस्यहरुले कोशीशले आफूहरुको दैनीकी, जीवनस्तर सुधार्न गरिरहेको पहलको प्रशंशा गर्दै कोशीश परिवारप्रति अभार समेत व्यक्त गर्नुका साथै उक्त कार्यक्रमबाट मनो सामाजिक अपांगता सम्बन्धी विभिन्न विषयहरुका ज्ञान प्रप्त गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन् ।