अमेरिकाको टेक्ससमा गोलीकाण्ड हुँद ८ जनाको मृत्यु

अमेरिकाको टेक्ससमा गोलीकाण्ड हुँद ८ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको टेक्सस राज्यको डाल्लासस्थित एक व्यक्त बजारमा शनिवार गोलीकाण्ड हुँदा आठजनाको मृत्यु भएको छ भने कम्तीमा सातजना घाइते भएका छन् । 

एकजना बन्दूकधारीले जथाभावी गोली चलाएको प्रहरीले विश्वास गरेको छ । आक्रमणकारीको उद्देश्यका विषयमा केही खुलेको छैन । उनलाई एक प्रहरी अधिकृतले गोली हानेर मारेका थिए । 

एलन प्रिमियम आउटलेट्स मलबाहिर ती बन्दूकधारीले गोली चलाएका थिए । 

गोली लागेका नौजना पीडितलाई नजिकैका अस्पताल लगिएको छ । 

अस्पताल लगिएकामध्ये दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीनजना पीडितको अवस्था गम्भीर छ भने चार अन्यको स्थिति स्थिर छ ।