घाँस काट्दा करेन्ट लागेर एक पुरुषको मृत्यु

घाँस काट्दा करेन्ट लागेर एक  पुरुषको  मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–५, भम्बक बस्ने ३४ वर्षका गोविन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

मङ्गलबार बिहान साढे ७ बजेतिर घरनजिकको काभ्रोको रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागेर कुमाल गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार करेन्ट लागेर गम्भीर घाइते हुनुभएका कुमालको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।