टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

बा.प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका- ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै मृत्यु भएको हो । 

विराटचोकबाट विराटनगरतर्फ आउँदै स्कुटी चालक काफलेलाई  सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ओभर स्पिड आएको टिपरले ठक्कर दिएर घटनास्थलमै स्कुटीका चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । टिपर चालक फरार रहेका छन्  । उनको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।