कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा सग्लन एक युवक पक्राउ

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा सग्लन एक युवक पक्राउ

धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । 

प्रहरी स्रोतका अनुसार निर्मलाको बलात्कारपछि हत्यामा सग्लन भीमदत्त नगरपालिका–१९ का दिलिपसिंह बिष्टलाई केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवि) र कञ्चनपुर प्रहरीले २५ दिनपछि पक्राउ गरेको हो । 

पक्राउ परेका विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वृकारले स्रोतको दावी छ । उनलाई सोमवार नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ । विष्ट यसअघि पनि विभिन्न अपराधमा सग्लन भएको पाईएको छ । 

कञ्चनपुर प्रहरीका प्रवक्ता तथा प्रहरी नाउव उपरिक्षक ज्ञान बहादुर सेटीले केही वेरमा  यस विषयमा जानकारी दिईने बताए । 

साउन १० गते हराएकी पन्तको ११ गते शव उखुवारीमा भेटिएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भइसकेको छ ।

सोमवार मात्रै कञ्चनपुरमा महिला अधिकारकर्मीले निर्मलाको बलात्कारपछि हत्यामा सग्लनलाई पक्राउ गरि कडा सजाय दिन माग गर्दै रिले अनसन सुरु गरेका थिए ।