बर्दियाको मधुवनमा आगलागी हुँदा आठ घर जले

बर्दियाको मधुवनमा आगलागी हुँदा आठ घर जले

बर्दिया । मधुवन नगरपालिका—१ डाँडागाउॅ कैलाशीमा आगलागी हुँदा आठ घर जलेका छन् । कच्ची फुसको घरमा बिहीबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी दमकलसहित स्थानीयवासी, प्रहरीले निभाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।

 सोही वडाका अध्यक्ष मिन थापाले स्थानीय गौरी रोकायको घरमा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आएको छैन ।