निर्मला पन्तका हत्या अभियुक्त विष्ट सार्वजनिक, को हुन विष्ट ? (प्रहरी रिपोर्टसहित)

निर्मला पन्तका हत्या अभियुक्त विष्ट सार्वजनिक, को हुन विष्ट ? (प्रहरी रिपोर्टसहित)

धनगढी : कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ । 

निर्मलाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका  भीमदत्त नगरपालिका–१९ का ४१ वर्षका बस्ने दिलिपसिंह विस्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरले सोमवार साझ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको थियो । 

उनलाई पक्राउ गरी सोमबारै अदालतमा उपस्थित गराइएको थियो भने विस्टले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकार गरेपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

को हुन विष्ट ? (प्रहरी रिपोर्टसहित) 

प्रहरी रिपोर्ट 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर

मिति २०७५।०५।०४ गते ।

जबरजस्ती करणी गरी हत्या

घटना विवरण:

जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर २ खोल्टी बस्ने श्री सरस्वती मा.वि.खोल्टीमा कक्षा ९ मा अध्ययनरत बर्ष १३ कि निर्मला पन्त मिति २०७५।०४।१० गते अ.११:०० बजेको समयमा घरबाट साईकलमा साथीको घरमा कक्षाकार्य गर्न जाने भनी निजसंगै सोही स्कुलमा अध्ययन गर्ने जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडा वस्ने बर्ष १४ कि रोशनी भन्ने आँचल बमको घरमा गएकिमा मिति २०७५।०४।११ गते बिहान अ.०९:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पुर्व उत्तर तर्फ लोकेन्द्र भट्टको उखुवारीमा लास फेला परेको ।

अनुसन्धान बाट खुल्न आएका तथ्यहरु

 

पक्राउ अभियुक्त

नाम :दिलिप सिंह बिष्ट

उमेर:४१ बर्ष

वतन : जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटा खन्ना चौक ।

पृष्ठभुमी :

पक्राउ बिबरण

बलात्कार र कर्तब्य ज्यान मुद्धामा जेलबाट छुटेका अपराधीहरुको निग्रानी गरीरहेकोमा  अभियुक्त दिलिप सिंह बिष्ट मिति २०७५।५।३ गते अन्दाजी २०:०० बजेको समयमा उक्त घटनास्थलमा साईकल भेटिएको स्थानबाट करीब ५० मिटर पश्चिम तर्फ सडक किनारामा हातमा लठ्ठीलिई उभिरहेको अबस्थामा खटिएका सादा पोशाकका प्रहरीले फेलापारी शंकास्पद लागी सोधपुछ गर्न खोज्दा हामी प्रहरी हौं भनि परिचय दिएपश्चात लठ्ठी फालि भाग्नखोज्दा नियनत्रणमा लिईएको ।

 

कानुनीकारबाही

पक्राउ परेका अभियुक्त दिलिप सिंह बिष्टलाई जबरजस्ती करणी  र  कर्तब्य ज्यान मुद्दामा जिल्ला अद्दालत कन्चनपुरबाट म्याद थप भइ यस जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट श्री केन्द्रिय अनुसन्धान ब्युरोको समन्वयमा  थप अनुसन्धान भैरहेको ।

 

 

कञ्चनपुर प्रहरी प्रबक्ता

(ज्ञान बहादुर सेटी)

प्रहरी नायव उपरीक्षक

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर

मोबाईल नम्बर -९८५८७५०९१७

कार्यालयको फोन न.०९९-५२१२००, ९८५८७५२२००,१००

Email- [email protected]

Website: https://www.nepalpolice.gov.np