आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आजको  मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

धनगढी । हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको  ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ।

उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिएको विभागले जनाएको छ। 

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भैरहेको विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का  वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।