कैलालीबाट अपहरणमा परेका बालकको ९ घण्टापछि भालुवाङबाट उद्धार

कैलालीबाट अपहरणमा परेका बालकको ९ घण्टापछि भालुवाङबाट उद्धार

धनगढी : कैलालीबाट अपहरणमा परेका पाँच ५ बर्षिय बालकको ९ घण्टापछि दाङको भालुवाङबाट सकुशल उद्धार गरिएको छ ।  

सोमवार विहान ९ बजे कैलारी गाउपालिका, ६ विनौलीमा रहेको आदर्श माविमा अध्ययनरत ५ बर्षिय बालक खेमाङ चौधरीको अपहरण भएको थियो । 

अपहरणपछि अपहरणकारी गोदावरी नगरपालिका हरैयाका बिर्जु चौधरीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौ बसपार्कमा भेट्न आउनु र नआएमा तेरो छोरोलाई मारिदिने भन्दै धम्की दिएका छन । 

पिडित परिवारले कैलारी गाउपालिका वडा नम्वर ६ का अध्यक्षबाट बालकको अपहरणका विषयमा प्रहरीलाई जानकारी गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो । 

फोन लोकेशनको आधारमा सोमवार बेलुका ६ बजे दाङ प्रहरीको सहयोगमा खेमाङको उद्धार गरिएको र अपहरणमा सग्लन विर्जुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । 

उनले अपहरणमा परेका बालक खेमाङ र अपहरणमा सग्लन बिर्जुलाई कैलाली ल्याउन टोली खटिएको जानकारी दिए । बालकको के कारणले अपहरण भयो भन्ने विषय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।