धनगढीमा हावाहुरी, मंगलबार देशका यी स्थानमा हुने छ वर्षा

धनगढीमा हावाहुरी, मंगलबार देशका यी स्थानमा हुने छ वर्षा

धनगढी । धनगढीमा हावाहुरीसँगै हल्का वर्षा भएको छ । सोमबार साँझ धनगढीमा हावाहुरीसँगै हल्का वर्षा भएको हो ।

हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश र  बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।