तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

पाल्पा । तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–५, विस्कुनडाँडा घर भई माथागढी गाउँपालिका–३, कसेनीको अगेनी बस्ने १५ वर्षीय योगेश सुनारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

अगेनीमा यामबहादुर चिदीको घरमा डेरा गरी बस्ने सुनारीसहित १५ वर्षीय अनिल चिदी र १५ वर्षीय विशाल गाहासँगै पौडी खेल्न तिनाउ खोलामा गएका थिए अचानक डुबेपछि उद्धार गरिएको थियो।

प्रहरी चौकी माडी कसेनीले उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।