कोलम्बियामा विमान दुर्घटना भएको १८ दिनपछि जीवितै भेटिए ४ जना

कोलम्बियामा विमान दुर्घटना भएको १८ दिनपछि जीवितै भेटिए ४ जना

काठमाण्डौँ । कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिएका छन् । विमान दुर्घटना भएको दुई हप्तापछि अमेजन जङ्गलमा चार जना बालबालिकालाई जीवितै भेटाइएको कोलम्बियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यो देशकै लागि आनन्दको खबर भएको उल्लेख छ ।

गएको मे १ मा विमान दुर्घटना भएकोमा विमानमा यात्रा गरिरहेका नाबालिगहरूको खोजी गर्न तालिम प्राप्त कुकुरसहित एक सय जनाभन्दा धेरै सिपाही तैनाथ गरिएको थियो । दुर्घटनामा पाइलट र बच्चाकी आमासहित तीन जनाको ज्यान गएको थियो ।

राष्ट्रपति पेट्रोले बालबालिकालाई कहाँबाट उद्धार गरिएको हो र उनीहरू जङ्गलमा एक्लै कसरी बाँचे भन्नेबारेमा कुनै जवाफ दिनुभएको छैन । बालबालिकाहरू जङ्गलमा हाँगा भाँचेर बनाइएको सानो आश्रयस्थलमा बसेका खबरमा उल्लेख छ ।