भारतीय नोट प्रतिबन्धले पर्यटन क्षेत्र प्रभावित

भारतीय नोट प्रतिबन्धले पर्यटन क्षेत्र प्रभावित

वीरगंज । मधेश प्रदेशका पूर्व खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले नेपालमा भारतीय रु ५ सय एक हजारको नोटमा प्रतिबन्ध गरिनुमा नेपाल – भारत सरकारको समर्थन रहेको बताएका छन् ।

नेपाल – भारत उद्योग वाणिज्य सघ, वीरगंज च्याप्टरलाई उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री शर्माले नेपालमा भारतीय नोट प्रतिबन्ध लगाएको कारण पर्यटन क्षेत्र प्रभावित बनेको बताए ।

आतँकवादीलाई पैसा पठाउने होस् अथवा हुण्डी कारोबारलाई बढावा दिने कार्यलाई निरुत्सहित गर्न सरकारले भारतीय नोटमा प्रतिबन्ध लगाएको हो, तर यसबाट भारतीय पर्यटकहरु मर्कामा परेको उनको भनाई छ ।

विगतमा पर्यटकहरुले रु २५ हजारसम्म भारतीय नोट लिएर नेपाल आउन सक्ने प्रवधान रहेकोमा केही वर्षदेखि नेपालमा भारतीय नोट प्रतिबन्ध लगाइनुले पर्यटकहरुको आवागमनमा कमि आएको उनको भनाई छ ।

पूर्वमन्त्री शर्माले नेपालको सच्चा मित्र भारत नै रहेको दाबी गरे । भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध मात्रै छैन्, मेरो शरिरको आधा भाग ‘नेपाल’ हो भने आधा शरिर ‘भारत’ हो र यो भन्न आफू कहिलेपनि न हचकचिने बताए ।