भारतमा अब दुई हजार रुपैयाँको नोट नचल्ने

भारतमा अब दुई हजार रुपैयाँको नोट नचल्ने

काठमाडौं  ।   भारतमा अब दुई हजारको नोट नचल्ने भएको छ । भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । तर, नोटलाई अमान्य भने घोषित गरिएको छैन । 

बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको छ । बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। 

सर्वसाधारणले एकपटकमा २० हजारसम्म नोट सटही गर्नसक्ने बताइएको छ ।