पौडी खेल्ने क्रममा डुबेर २ युवतीको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर २ युवतीको मृत्यु

काठमाडौँ । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवतीको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मंगलवार साँझ डुबेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । उनीहरू ६ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।