सुदूरपश्चिम प्रदेशमा वर्षा हुँदै

सुदूरपश्चिम प्रदेशमा वर्षा हुँदै

धनगढी  ।  नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भू–भागको मौसम बदली भई एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै कोशी  र मधेश प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा पनि मध्याह्न र अपराह्न छिटफुट वर्षााको सम्भावना छ। 

आज राति कोशी  र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना छ ।

कोशी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना  रहनुका साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने  क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन  जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।