रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । 

सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ । 
 
दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।