श्रीमानले टुप्पी काट्न नमानेको भन्दै सम्बन्धविच्छेद

श्रीमानले टुप्पी काट्न नमानेको भन्दै सम्बन्धविच्छेद

भारतमा एक महिलाले आफ्ना श्रीमानले टुप्पी पालेको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन् । उनले टुप्पी पाल्ने आफ्ना श्रीमान गँवार देखिएको भन्दै यस्तो आवेदन दिएकी हुन् ।

टुप्पी पालेका ती व्यक्ति इन्जिनियर हुन् भने टुप्पीका कारण अलग्गिन खोज्ने पत्नी एमबिए पास युवती हुन् । यी दुईको विवाह तीन वर्ष पहिले भएको थियो । दुई वर्षअगाडि ती युवाको आमा र बुबाको मृत्यु भएको थियो ।

सडक दुर्घटनामा परि आमाबुबाको मृत्यु भएपछि ती व्यक्तिले टुप्पी पाल्ने संकल्प लिएका थिए । तर, टुप्पी पालेपछि आफ्ना श्रीमानलाई सबैले पन्डितजी भन्न थालेको र त्यही कारणले आफू लज्जित हुन परेको ती युवतीले बताएकी छिन् ।

अब सम्बन्धविच्छेदका लागि आवेदन दिएपछि त युवाले पनि आफूले टुप्पी काट्दै नकाट्ने बताएका छन् । यही कारण पत्नी ६ महिनादेखि माइती गएको पनि ती युवाले बताएका छन् । आफूले धार्मिक मान्यताअनुसार टुप्पी पालेकाले यसबारे कुनै पनि विकल्प वा सर्त आफूलाई मान्य नहुने ती युवाले बताएका छन् ।