हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको मृत्यु

हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको मृत्यु

सर्लाही । हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

बिहीबार साँझको हावाहुरीले घर ढाल्दा ब्रह्म्पुरी गाउँपालिका–२ का ६५ वर्षीया सवितादेवी साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि पुरिएर घाइते भएकी थिइन् ।