प्रतिनिधिसभा बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक आज बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन्।

शनिबार दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा जवाफ दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले शुक्रबार नै जवाफ दिने कार्यक्रम रहेको भए पनि एमालेले अवरुद्ध गरेपछि बैठक रोकिएको थियो।

माओवादी सांसद्ले पशुपतिको जलहरीमा भएको ११ तोला सुन हराएको विषयमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष जिम्मेवार हुने भनेपछि एमालेले संसद् अवरुद्ध गरेको थियो।

दिउँसो पटक–पटक सभामुखले बैठक बसाल्न कोसिस गरे पनि सफल हुन सकेनन्। त्यसपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो।

प्रधानमन्त्रीले जवाफ दिइसकेपनि सभामुखले निणयार्थ पेश गर्नेछन्। नीति तथा कार्यक्रम पारित भएपछि मात्र सरकारले बजेट ल्याउन पाउँछ।