भरुवा बन्दुक सहित दुई जना पक्राउ

भरुवा बन्दुक सहित दुई जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जको टोलीले चोरी सिकारीमा संलग्न हुने आधारमा हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । 

निकुञ्जको अप्रेसन टोलीले पूर्वी चितवनको कालिका नगरपालिका घर भएका दुई जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी गाशेणप्रसाद तिवारीले जानकारी दिए । टोलीले अप्रेसनका क्रममा कालिका नगरपालिका वडा नं ११ बस्ने २९ वर्षीय राज चेपाङ र सोही पालिका वडा नं. ११ सैपाङ बस्ने ३५ वर्षीय सुन्दर प्रजालाई पक्राउ गरिएको हो । 

प्रजाबाट दुई थान भरुवा बन्दुक, हातहतियार बरामद गरिएको छ । उनीहरू माथि वन्यजन्तु सम्बन्धी कसुरका विषयमा अनुसन्धान भइराखेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।