कैलालीका एक पुरुष २ महिनादेखि बेपत्ता

कैलालीका एक पुरुष २ महिनादेखि बेपत्ता

धनगढी । कैलालीका एक पुरुष २ महिनादेखि बेपत्ता भएका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं ९ बल्मी बस्ने करिव ३६ बर्षिय शंकर पार्की २ महिनादेखि बेपत्ता भएका हुन् ।  

उनकी श्रीमती पद्मा पार्की २ छोरासहित भारतको हैदरावादमा काम गर्दै आएकी छन् । शंकरले भारत जान्छु भनेर भन्ने गरेको भएपनि घरमा कसैलाई केही जानकारी नगराएको उनका आफन्तले बताएका छन् । गाउँमा साथीहरुसंग सिमला जान्नुभनेको भएपनि भारत नगएको उनका आफ्न्तले बताए ।  

उनकी छोरी ज्योतीले बुबाको खोजीका लागि सबै ठाउँमा भने पनि अहिले सम्म कुनै पत्तो नलागेको बताइन् । कालो बर्ण भएका, कालो पाइन्ट, रातो रङको भेष्ट खुट्टामा चप्पल हालेको अबस्थमा रहेका उनको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । आफन्तले खोजीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएका छन् ।

बेपत्ता भएका पार्कीलाई कहि कतै भेटिएमा मोबाईल नं ९८२१६७६२९७ र ९८०५८५६३७९ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।