दार्चुलामा अवैध रूपमा काटिएका काठ नियन्त्रणमा

दार्चुलामा अवैध रूपमा काटिएका काठ नियन्त्रणमा

दार्चुला। दार्चुलामा अवैध रूपमा काटिएका काठ नियन्त्रणमा लिइएको छ। दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्रुस्थित सुतला सामुदायिक वनबाट अवैध रूपमा काटिएको ५१ थान काठ वन समितिले नियन्त्रणमा लिएको हो।

सुतला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विमलसिह बोहराका अनुसार सुराकीका आधारमा खोज्दै जाँदा उक्त परिमाणको काठ फेला पारी नियन्त्रणमा लिएको बताए । काठ फेला पारिए पनि कसले काटेको हो भन्ने कुरा नखुलेको उनको भनाइ छ। ‘काठ काटिएको ठाउँमा बन्चरो र सब्बल फेला परेका छन्।

तर, त्यसमा संलग्न मानिस भने भागेको अनुमान गरिएको छ,’ उनले भने, ‘अनुमति नलिइकन सामुदायिक वनमा अवैध रुपमा कटानी भइरहेको सूचना पाएपछि समितिसँगै छाङ्रुमा रहेका सुरक्षाकर्मी र अपिनाम्पा संरक्षण क्षेत्रका कर्मचारी वन क्षेत्रमा परिचालन गरिएको हो।’काठ कटानीमा संलग्न मानिस कटानीका साधन छोडेर त्यहाँबाट भागिसकेको उनको भनाइ छ।