प्रहरीको नाममा ठगी

प्रहरीको नाममा ठगी

सर्लाही । आफूलाई प्रहरीको रुपमा चिनाउँदै व्यापारीहरुलाई धम्की दिएर रकम असुलेको आरोपमा सर्लाहीमा एक युवक पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका–१२ कान्छीबजारका २८ वर्षीय उत्सव लामा ब्यापारीलाई प्रहरीको धाक धम्की दिएर ठगी गरेको आरोपमा हरिवन बजारबाट प्रहरीको नियन्त्रणमा परेका हुन् ।

हरिवन बजारमा ब्यापारीहरुको गुनासोपछि अनुसन्धानमा रहेका प्रहरीले सीसीटिभी फुटेजको आधारमा लामालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार लामाले हरिवनका किराना पसल, पान पसल, कपडा पसल लगायतमा गएर ब्यापारीलाई धम्काई रकम तथा जिन्सी असुल्ने गरेका थिए । शुक्रबार पनि लामा ब्यापारीलाई धम्काउँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।