बसपार्क नजिक घाइते अवस्थामा भेटिएका पुरुषको मृत्यु

बसपार्क नजिक घाइते अवस्थामा भेटिएका पुरुषको मृत्यु

धनगढी । दार्चुलाको जिल्ला सदरमुकाम खलंगा बसपार्क नजिक घाइते अवस्थामा भेटएका पुरुषको मृत्यु भएको छ । आज बिहान २ः३५ बजेको समयमा महाकाली नगरपालिका ४ स्थित बसपार्क नजिक बेहोस अबस्थामा भेटिएका अन्दाजी ३५ वर्षका पुरुषको मृत्युु भएको प्रहरीले जनाएको छ ।  

गम्भीर अवस्थामा फेला परेपछि उनलाई जिल्ला प्रहरी कार्यालयको गाडीमा उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा उपचार लगिएको थियो ।  

वेवारिसे अवस्थामा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गहामगरले बताए । 

उनको पहिचान हुन नसकेको हुँदा उनलाई चिन्ने व्यक्तिले आफन्तलाई अथवा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अस्पताल दार्चुलामा सम्पर्क राख्न हुन सूचना अधिकारी गहामगरले अनुरोध गरेका छन् ।

उनको अनुहार र टाउकोमा गम्भीर चोट रहेको छ । कसैले कुटपिट गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।