अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाम । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–३ हिच्माका पहराम बुढाको छोरा ५५ वर्षीय गोरे बुढाको भिरबाट लडेर आइतबार मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरदेखि करिब ४ घण्टा पश्चिमतर्फ रहेको पितर देउता मन्दीरमा पुजा गर्न गएको र सांझ घर फर्कने बेला चौपारा टाकुरा डाँडाको भिरबाट लडेर उनको मृत्यु भएको हो  । 

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।