दुई बालिका करणी गर्ने ५ जना पक्राउ

दुई बालिका करणी गर्ने ५ जना पक्राउ

दाङ । दुई बालिकालाई करणी गरेको आरोपमा दाङ प्रहरीले दुई नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १६ वर्षीय २ बालक, सोही वडाका १८ वर्षीय दिलशान अहमद, गढवा गाउँपालिका ५ का २० वर्षीय सुहेल खान, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ११ मैतहवा घर भई हाल गढवा गाउँपालिका ६ बस्ने २० वर्षीय जाबेद भन्ने जाविद खान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

पक्राउ परेकामाथि प्रहरीले जिल्ला अदालत दाङबाट म्याद थप गरी अनुसन्धान थालेको प्रवक्ता गौतमले जानकारी दिए । उक्त घटनामा संलग्न दुईजना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

राप्ती गाउँपालिका घर भएका १२ र १४ वर्षका दुई बालिकालाई सामूहिक करणी गरेको उजुरी परेको थियो । घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।