धनगढीमा फरार प्रतिवादी  आफ्नै घरबाट पक्राउ

धनगढीमा फरार प्रतिवादी  आफ्नै घरबाट पक्राउ

धनगढी । कैलालीको धनगढीबाट एक फरार प्रतिवादी घरबाटै पक्राउ परेका छन्।

आज जिल्ला प्रहरी कार्यालय कैलालीबाट शादा पोषाकमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ का ३० वर्षीय बलबहादुर धामीलाई पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीले २०७३ चैत १० गते गरेको फैसलाअनुसार धामीलाई ८ महिना ११ दिन कैद र पाँच हजार जरिवाना तोकिएको थियो। तर उनी फरार थिए। धामीलाई आज घरबाटै पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।