दार्चुलामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

दार्चुलामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

दार्चुला । दार्चुलामा महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन सिह धामीले आफ्नै गाउँकै महिलालाई करणी गरेको आरोपमा पक्राउ परेका हुन् । 

आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए ।