बलात्कारको आरोपमा उच्च अदालतका शाखा अधिकृत पक्राउ

बलात्कारको आरोपमा उच्च अदालतका शाखा अधिकृत पक्राउ

धनगढी। बिराटनगर घर भएकी २२ वर्षीया किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उच्च अदालतका कर्मचारी पक्राउ परेका छन् ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका शाखा अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१ पोखरिया घर भएका ४८ वर्षीया प्याकुरेललाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका प्याकुरेलले मदिरा सेवन गरेर विराटनगरकी २२ वर्षीया किशोरीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।

उनले ती किशोरीलाई रातिको समयमा घरमा पुगेर १ हप्ता अगाडि बलात्कारको प्रयास गरेको महिलाले दिएको जाहेरीमा उल्लेख गरिएको छ । प्रहरीले प्याकुरेललाई बुधवार पक्राउ गरी जबरजस्ती करणी उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको छ ।

जबरजस्ती करणी उद्योगमा पक्राउ परेका प्याकुरेल विवादित व्यक्ति हुन् । यसअघि पनि उनी विवादमा पर्दै कारबाहीमा परेका थिए । २०६३ सालमा सोलु जिल्लामा प्याकुरेल नासु हुँदा कारबाहीमा परेका थिए । त्यतिबेला अदालतका कर्मचारीलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यसपछि सर्वाेच्च अदालतले कारबाही गरेर प्याकुरेललाई सोलु जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा सरुवा गरेको थियो ।

त्यसपछि उच्च अदालत राजविराजमा उनको सरुवा भएको थियो । त्यहाँ पनि प्याकुरेलले उच्च अदालत राजविराजको प्रशासन शाखाका अधिकृत हरिशंकर महतोमाथि कुटपिट गरेको आरोप लागेको थियो । महतोलाई कुटपिट गरेपछि सर्वाेच्च अदालतले प्याकुरेललाई काज सरुवा गरेर वीरगञ्ज पठाएको थियो ।