दम्पतीमाथि खुकुरी प्रहार

दम्पतीमाथि खुकुरी प्रहार

जनकपुरधाम । धनुषामा एक दम्पतीमाथि खुकुरी प्रहार भएको छ ।

धनुषाको मिथिला विहारी नगरपालिका ६ सिरसिया बस्ने ३५ वर्षीय  दिनकर यादव र उनी  श्रीमती ३० वर्षीया ममता यादवमाथि खुकुरी प्रहार भएको हो ।

दुवैजना गम्भीर घाइते भएका छन् ।यादव दम्पतीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

श्रीमान् दिनकरको घाँटी पछाडि काटिएको छ भने श्रीमती ममताको बायाँपट्टी काटिएको छ ।

शनिबार साँझ ७ बजे उनीहरू घरमै बसिरहेको बेला स्थानीय ६५ वर्षीय लट्टु यादवले अचानक खुकुरी प्रहार गरेका थिए ।

स्थानीयका अनुसार खुकुरी प्रहार गर्ने लट्टुको मानसिक सन्तुलन ठीक छैन ।